काठमाडौँ। सरकारले नियम विपरीत व्यवसाय सञ्चालन गरिरहेका ५७ फर्मलाई १३ लाख २० हजार जरिवाना तिराएको छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्तिक महिनामा गरेको बजार अनुगमनका क्रममा नियम विपरीत व्यवसाय गर्दै आएका फर्मलाई कारबाही स्वरूप उक्त रकम बराबरको जरिवाना गरेको जनाएको छ।
विभागले कार्तिकमा ५२० वटा फर्मको अनुगमन गरेको थियो। जसमध्ये नियम विपरीत काम गर्ने ५७ फर्मलाई कारबाही स्वरूप जरिवाना गरेको विभागले जनाएको छ।


































