National life

निर्जीवन बीमा कम्पनीमा १२ अर्ब बढीको दाबी: ७८ करोड बढी भुक्तानी, कुनले कति गरे ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ मंसिर २०८१, बिहिबार
1.3kShares
निर्जीवन बीमा कम्पनीमा १२ अर्ब बढीको दाबी: ७८ करोड बढी भुक्तानी, कुनले कति गरे ?
ncell

काठमाडौँ। गत असोज १० र ११ गते आएको बाढी पहिरोको कारण नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीमा १२ अर्ब २६ करोड चार लाख रुपैयाँ बराबरको दाबी परेको छ। यो  मंसिर १२ गतेसम्म परेको दाबीको आँकडा हो ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल कम्पनीहरूमा प्राप्त विवरणबाट तीन हजार ५२९ वटा दाबी परेका छन्। यो १४ वटा निर्जीवन बीमा र चार वटा लघुबीमाको विवरण हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरूले मंसिर १२ गतेसम्मको अवधिमा ७८ करोड ९३ लाख रुपैयाँ बराबर एक हजार २१५ वटा दाबी भुक्तानी गरेको  सार्वजनिक तथ्यांकमा उल्लेख छ । यस अवधिमा सर्वाधिक दाबी भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले २७ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

त्यस्तै, यस अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा दुई अर्ब ५९ करोड रुपैयाँको दाबी परेको छ । कम्पनीमा हालसम्म ५०५ वटा दाबी परेका छन् । जसमा कम्पनीहरूले १३ करोड ६७ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ ।

३५ सय २९ जनाको दाबी परेकोमा हालसम्म ७८ करोड बढीको भुक्तानी भएको छ । यो अवधिमा  दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीले दुई करोड एक लाख रुपैयाँको बीमा दाबी भुक्तानी गरेको छ ।भने सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सात करोड २३ लाख रुपैयाँको दाबी भुक्तानी वितरण गरेको छ ।

त्यस्तै, बाढी पहिरोको क्षतिले शिखर इन्स्योरेन्समा ४५७ वटा दाबी बापत एक अर्ब १० करोड रुपैयाँको दाबी परेको छ । जसमा कम्पनीले २७ करोड रुपैयाँको दाबी भुक्तानी गरिसकेको छ । हिमालयन एभरेष्टमा एक करोड रुपैयाँ बराबरको २४६ वटा दाबी बापत एक अर्ब १० करोड रुपैयाँको दाबी परेको छ । यस अवधिमा कम्पनीले आठ करोड ५३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

त्यस्तै, नेको इन्स्योरेन्समा २१९ वटा बीमा दाबी बापत ७६ करोड रुपैयाँको दाबी परेको छ । यस अवधिमा कम्पनीले ६ करोड ९० लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । प्रभु इन्स्योरेन्समा २० करोड रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा २० करोड रुपैयाँको बीमा दाबी परेको छ । जसमा सरकारी कम्पनीको धाक लगाउँदै आएको राष्ट्रिय बीमा कम्पनीले कुनै पनि बीमा दाबी भुक्तानी नदिँदासमेत नियमनकारी निकाय बीमा प्राधिकरण मौन रहेको देखिन्छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?