काठमाडौँ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मुकेश दाहाललाई नियुक्त गरिएको छ ।
संस्थाको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई रिक्त रहेको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो सोही निर्णय अनुसार दाहाललाई आजैको मितिदेखि लागु हुने गरी नियुक्त गरिएको हो ।
दाहालको पहिलो कार्यकाल वैशाख ४ गतेदेखि सुरु भएर २ वर्ष अवधिको हुने संस्थाको जानकारी छ ।
































