National life

नेपालको जलविद्युतमा लगानी गर्न बैंकरहरुलाई अर्थमन्त्री महतकाे आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२३ कात्तिक २०८०, बिहिबार
817Shares
नेपालको जलविद्युतमा लगानी गर्न बैंकरहरुलाई अर्थमन्त्री महतकाे आग्रह
ncell

काठमाडौं । अर्थमन्त्री डा प्रकाशसरण महतले केन्द्रीय बैंकहरुले मौद्रिक नीतिलाई खुकुलो बनाउँदै लैजानु पर्ने बताएका छन् । एसिएन बैंकर्स एसोशिएसन र नेपाल बैंकर्स एसोशिएसनले संयुक्तरूपमा आयोजना गरेको एबिए ३१औँ सम्म्लनमा बोल्दै अर्थमन्त्री डा.महतले अब केन्द्रीय बैंकहरुले मौद्रिक नीतिलाई खुकुलो बनाउँदै लैजानु पर्ने बताएका हुन् ।

उनले अर्थतन्त्रमा परेको प्रभावलाई कम गर्न अधिकांश देशका केन्द्रीय बैंकहरुले मौद्रिक नीतिमा कडाई गरेको र अवको अवस्था सहज बन्दै गएकोले मौद्रिक नीति खुकुलो बनाउँदै लैजानु पर्ने सुझाव दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, अर्थमन्त्री डा. महतले एशियन मुलुकका बैंकका सीईओहरुलाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरे । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठूलो चुनौति भोगिरहेको उनले बताए । अर्थमन्त्री डा.महतले लगानीकर्ताको मनोबल कमजोर हुँदा पनि अर्थतन्त्रमा समस्या आउने गरेको बताए ।

उनले भने, ‘ब्याजदर उच्च हुँदा मात्रै अर्थतन्त्रमा समस्या आउँदैन, लगानीकर्ताको मनोबल खस्कियो भनेपनि प्रभाव पार्छ, दीर्घकालसम्म बलियो हुने गरी विकास हुनु पर्छ ।’

उनले बढ्दो डिजिटल बैकिङसँगै चुनौतीहरु पनि थपिरहेको पनि उल्लेख गरे । यस्ता साझा समस्याको डटेर समाधान गर्ने गरी सम्मेलनले ठोस रोडम्याप तय गर्नुपर्ने उनले बताए ।

यो समाचार शेयर गर्नुहोस्
817SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?