National life

 नेपालमा काम गर्न फागुनसम्म ५८९ जना विदेशीले लिए श्रम स्वीकृति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ चैत २०८०, सोमबार
604Shares
 नेपालमा काम गर्न फागुनसम्म ५८९ जना विदेशीले लिए श्रम स्वीकृति
ncell

काठमाडौँ। चालु आर्थिक वर्ष  २०८०- ८१ को ८ महिनामा नेपालमा काम गर्ने उद्देश्यका साथ ५८९ जना विदेशीले श्रम स्वीकृति लिएका छन् ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्याङ्क अनुसार फागुनसम्म उक्त सङ्ख्यामा विदेशी नागरिकले श्रम स्वीकृति लिएका हुन्। गत फागुन महिनामा मात्रै २९ जना विदेशीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।

फागुनसम्म गैर नेपाली नागरिकको श्रम स्वीकृति नवीकरणको सङ्ख्या ८५० पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विभागले नेपालमा काम गरिरहेका विदेशी नागरिकले श्रम स्वीकृति लिएको वा नलिएको सम्बन्धमा अनुगमन समेत गर्ने गरेको छ ।

त्यस्तै, ८ महिनामा कुल २८ वटा प्रतिष्ठानमा यस्तो अनुगमन भएको तथ्याङ्क विभागको छ । फागुनमा मात्र ३ वटा प्रतिष्ठानमा अनुगमन गरिएको विभागले जनाएको छ। ८ महिनामा एउटा ट्रेड यूनियन महासंघ दर्ता भएको छ । एउटा महासंघ नवीकरण भएको विभागले जनाएको छ ।

श्रमिक आपूर्तिकर्ता इजाजत पत्र नवीकरणको सङ्ख्या ३१७ रहेको विभागले जनाएको छ । यस अवधिमा विभागले श्रमिक आपूर्तिकर्ता कम्पनीको २३२ वटा निरीक्षण गरेको विभागले जानकारी दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
604SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?