काठमाडौँ । नेपालमा अप्रिल महिनामा १ लाख बढी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार अप्रिल महिना १ लाख ११ हजार ३७३ जना पर्यटक नेपाल आएका हुन् । यो संख्या गत वर्षको अप्रिल महिनाको तुलनामा धेरै हो ।
यस्तै फेब्रुअरी महिना ९७ हजार ४२६ र जनवरी महिनामा ७९ हजार १ सय जना पर्यटक नेपाल आएका थिए । यसरी यो वर्ष ४ महिनामा ४ लाख १६ हजार ६६ पर्यटक नेपाल आएका छन् ।
अप्रिल महिनामा भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । भारतबाट एक महिनाको अवधिमा ३० हजार १५८ पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा चीनबाट ९ हजार ७४० पर्यटक नेपाल आएका छन् ।
त्यस्तै अमेरिकाबाट ९ हजार ३९९ र बेलायतबाट ५ हजार ३९१ पर्यटक नेपाल आएका छन् ।
चार महिनाको अवधिमा भारतबाट कुल १ लाख १० हजार ५७३,चीनबाट ३८ हजार २९० र अमेरिकाबाट ३६ हजार ४८६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यसरी चार महिनाको अवधिमा नेपालमा औषत १ लाख ४ हजार १६ पर्यटक नेपाल आएका छन् ।


































