National life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा, ७ दिन भित्रै आवेदन दिनु पर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० भदौ २०८१, बिहिबार
476Shares
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा, ७ दिन भित्रै आवेदन दिनु पर्ने
ncell

काठमाण्डौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक सेयर धनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ।

सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । संस्थापक शेयर धनीहरूका लागि गत साउन ३ गते ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा उक्त समयावधि भित्र विद्यमान संस्थापक सेयर धनीहरूबाट कुनै लिखित जानकारी पेश हुन नआएकाले सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले बिक्री गर्ने कित्ताका बारेमा भने केही खुलाएको छैन। यो सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले लाजिम्पाटमा रहेको बैंकको सेयर शाखामा सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवेदन दिनु पर्ने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
476SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?