काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आगामी महिना चैत २० गतेका लागि साधारण सभा डाकेको छ ।
यस पटक बैंकले शेयरधनिलाई लाभांश दिने विषयमा भने केही उल्लेख गरेको छैन । बैंकले चैत २० गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजे सभा बोलाएको छ ।
सभामा गत आवको वार्षिक प्रतिवेदन, नाफा- नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका छलफल हुनेछ ।
सभाले संस्थापकतर्फका ४ जना र सर्वसाधारण २ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव राखेको छ ।
सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ फागुन २३ गतेसम्म कायम सेयर धनीले सभामा भाग लिन पाउनेछन् ।

































