National life

नेपाल राष्ट्र बैंकको ८० अर्ब २१ करोड रुपैयाँ सुनमा लगानी, धितो पत्रमा कति ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ असार २०८१, मङ्गलबार
649Shares
नेपाल राष्ट्र बैंकको ८० अर्ब २१ करोड रुपैयाँ सुनमा लगानी, धितो पत्रमा कति ? 
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ९ खर्ब २७ अर्ब रुपैयाँ बढी धितो पत्रमा लगानी गरेको छ। बैंकले विदेशमा रहेका विभिन्न धितो पत्र खरिदमा उत्तः लगानी गरेको उल्लेख छ ।

जेठ मसान्तसम्मका डाटा अनुसार कुल ९ खर्ब २७ अर्ब ७२ करोड ४८ लाख ४७ हजार ३७९ रुपैयाँ धितो पत्र लगानी भएको छ । पछिल्लो ११ महिनामा मात्रै केन्द्रीय बैंकले २ खर्ब ६७ अर्ब रुपैयाँ लगानी गरेको जनाएको छ ।

Royal Enfield
nic asia capital

गत आर्थिक वर्षसम्ममा बैंकको धितो पत्रमा ६ खर्ब ६० अर्ब ३४ करोड ९५ लाख ५ हजार ५७१ रुपैयाँ लगानी थियो । यस्तै निश्चित समयावधिका लागि गरिने आवधिक निक्षेपअन्तर्गत राष्ट्र बैंकले कुल ६ खर्ब ४१ अर्ब रुपैयाँ विदेशी बैंकमा राखेको छ।

गत असार मसान्तसम्म ५ खर्ब २२ अर्ब रुपैयाँ टर्म डिपोजिटको रूपमा बैंकले विदेशमा रहेको बैंकमा निक्षेपमा रकम राखेको थियो । यसैगरी राष्ट्र बैंकले ८० अर्ब २१ करोड रुपैयाँ सुनमा लगानी गरेको छ। चालू आवको ११ महिनामा सुनमा रहेको लगानी १३ अर्ब ८७ करोड रुपैयाँले बढेको हो।

यो समाचार शेयर गर्नुहोस्
649SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?