National life

नेपाल राष्ट्र बैंकले १७ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१३ कात्तिक २०८०, सोमबार
443Shares
नेपाल राष्ट्र बैंकले १७ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ करोडबढि रुपैयाँ ब्याजमा लगानी गर्ने भएकाे छ । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १७ करोड ६७ लाख रुपैयाँ ब्याजमा लगानी गर्ने भएको हाे ।

केन्द्रीय बैंकले २०८० मंसिर ४ गतेदेखि २०८१ मंसिर ३ गतेसम्म कूल ३६५ दिनका लागि उक्त रकम निक्षेपको रुपमा राख्ने भएको हो ।

आइतबार एक सूचना जारी गर्दै बैंकले इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई दरखास्त आह्वान गरेको छ ।

Royal Enfield
nic asia capital
सूचनाअनुसार क वर्गका वाणिज्य बैंकहरुले १४ करोड १४ लाख रुपैयाँ निक्षेप पाउने छन् भने ख वर्गका विकास बैंकले २ करोड ६५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुले ८८ लाख रुपैयाँ निक्षेप पाउनेछन् ।

तथापि, निक्षेपका लागि बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको शर्त पुरा गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार बैंकहरुले केन्द्रीय बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम गर्नुपर्नेछ भने कर्जा निक्षेपको अनुपात (सीडी) रेसियो कायम गरेको र निष्कृय कर्जा (एनपीएल) कूल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्ने छ ।

यो समाचार शेयर गर्नुहोस्
443SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?