National life

नेपाल राष्ट्र बैंकले १८ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी नवीकरण गर्दै, सोमबार बोलकबोल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२६ असोज २०८०, शुक्रबार
573Shares
नेपाल राष्ट्र बैंकले १८ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी नवीकरण गर्दै, सोमबार बोलकबोल
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिलको नवीकरण गर्ने भएको छ । राष्ट्र बैंकले आगामी मगलबार (असोज ३० गते) १८ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्ने भएको हाे ।

केन्द्रीय बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा उक्त ट्रेजरी नवीकरण गर्न लागेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् ।

Royal Enfield
nic asia capital
बैंकका अनुसार ९१ दिने ट्रेजरीका लागि ८ अर्ब ७० करोड रुपैयाँ छुट्टाइएको छ भने १८२ दिनेका लागि ५ अर्ब रुपैयाँ र ३६४ दिने ट्रेजरीका लागि ६ अर्ब रुपैयाँ छुट्टाइएको छ ।

त्यस्तै, सोमबार बोलकबोल हुने उक्त ट्रेजरी मंगलबार बिक्री गरिने केन्द्रीय बैंकले जनाएकाे छ ।

यो समाचार शेयर गर्नुहोस्
573SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?