काठमाडाैं । नेपाल राष्ट्र बैंकले ट्रजरी बिल जारी गर्दैछ । राष्ट्र बैंकले ३ अर्बको ट्रजरी बिल जारी गर्ने भएकाे हाे । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
त्यस्तै १३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।
राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब ९३ करोड रुपैयाँ र १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ भने ३६४ दिनका लागि ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः पुस ३ गते, चैत १२ गते र २०८१ असोज १ गते परिपक्व हुनेछन्।
यी ट्रेजरी बिलको आज सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।
बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।
































