काठमाडौँ। मंगलबार चीनको बेइजिङमा नेपाल र चीनबिच आठ सहमति पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल र चीनबिच दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उनीहरूको उपस्थितिमा आठ वटा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुई पक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो।
वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो ।
त्यस्तै उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई समेत सम्बोधन गर्ने भएका छन् ।
सहमति र हस्ताक्षर भएका बुँदाहरू


































