National life

चीनका प्रधानमन्त्रीद्वारा विकासोन्मुख देशका ऋण समस्या समाधानको आह्वान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ भदौ २०८०, शुक्रबार
499Shares
चीनका प्रधानमन्त्रीद्वारा विकासोन्मुख देशका ऋण समस्या समाधानको आह्वान
ncell
एजेन्सी । चीनका प्रधानमन्त्रीले विकासोन्मुख देशका ऋण समस्या समाधान गर्न आह्वान गरेका छन् । साथै उनले सुरक्षाको अवधारणालाई बढावा दिने तथा आर्थिक मुद्दालाई राजनीतिकरण गर्ने अभ्यासको संयुक्त रूपमा प्रतिरोध गर्नुपर्ने बताएका छन् ।
इन्डोनेशियाको राजधानी जकार्तामा भएको दक्षिणपूर्वी एशियाली देशहरूको सङ्गठन (आसियान) को ४३ औँ शिखर सम्मेलनका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भएको भएको भेटवार्तामा चिनियाँ प्रधानमन्त्री ली छ्याङलेसंयुक्त भार बाँडफाँडको सिद्धान्तका आधारमा विकासोन्मुख देशहरूको ऋण समस्यालाई सक्रियताका साथ सम्बोधन गर्न अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरे ।
चिनियाँ प्रधानमन्त्री लीले विश्वव्यापी आर्थिक शासन प्रणालीको सुधार र अन्तरराष्ट्रिय वित्तीय संस्थाहरूमा विकासोन्मुख देशहरूको प्रतिनिधित्व र आवाजलाई प्रभावकारी रूपमा बढाउनु आवश्यक भएको बताए ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसैबीच, इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले ४३औँ आसियान शिखर सम्मेलनले दक्षिणपूर्वी एसियाली देश र तिनका साझेदारमाझ सकारात्मक ऊर्जा प्रवाह गरेको बताएका छन् । जकार्ता सम्मेलन केन्द्रमा ४३औँ आसियान शिखर सम्मेलनको समापन मन्तव्य व्यक्त गर्दै उनले सम्मेलनमा उपस्थित सबै देशका नेता र अतिथिको प्रशंसा गरे ।
“पछिल्ला तीन दिनमा हामीले १२ वटा शिखर सम्मेलन, ९० वटा दस्तावेज, आसियान साझेदारहरूसँग ठोस सम्झौता मात्र गरेनौँ सम्मेलनका क्रममा मैले उपस्थित सबैबाट सकारात्मक ऊर्जा प्रवाह भएको महसुस गरें ।  म विश्वासका साथ भन्न सक्छु कि आसियानलाई शान्तिपूर्ण, स्थिर र समृद्ध क्षेत्र बनाउने भावनालाई सुदृढ बनाउँछ,” राष्ट्रपति विडोडोले भने ।
राष्ट्रपति विडोडोले लाओ जनवादी लोकतान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोने सिफान्डानेलाई आसियानको अध्यक्षताको प्रतीक हथौडी हस्तान्तरण गरे । आसियको अध्यक्षता लाओसमा सरेसँगै आगामी वर्ष उक्त देशमा सङ्गठनको ४४ औँ शिखर सम्मेलन आयोजनाको दायित्व सोही देशको हुनेछ ।
यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?