National life

नेपाल र चीनबिच सहयोग सहकार्यसम्बन्धी ८ वटा सहमति पत्रमा हस्ताक्षर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ मंसिर २०८१, मङ्गलबार
594Shares
नेपाल र चीनबिच सहयोग सहकार्यसम्बन्धी ८ वटा सहमति पत्रमा हस्ताक्षर
ncell

काठमाडौँ। मंगलबार चीनको बेइजिङमा नेपाल र चीनबिच आठ सहमति पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल र चीनबिच दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उनीहरूको उपस्थितिमा आठ वटा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुई पक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो।

वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ पुगेको प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई समेत सम्बोधन गर्ने भएका छन् ।

        सहमति र हस्ताक्षर भएका बुँदाहरू


  • टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान

  • नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र

  • नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान

  •  थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल

  • विकास योजना सम्बन्धी समझदारी पत्र

  • आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र

  • नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान

  • स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र

  • नेपाल टेलिभिजन  र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र

  • यो समाचार शेयर गर्नुहोस्
    594SHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?