काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधवार नेप्से परिसूचक झिनो अंकले बढेको छ । कारोबार खुलेको केही समयानै २ हजारको विन्दुमा उक्लिएको शेयर बजार फेरी १९ सयको विन्दुमा कायम भएको छ ।
आज शेयर बजारमा तीन अर्ब ९० करोडभन्दा बढीको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन कुल चार अर्ब ३० करोड ९० लाख १९ हजार एक सय ९६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर तीन अर्ब ९० करोड ९१ लाख ९८ हजार पाँच सय ७० रुपैयाँ पुगेको छ ।
बजार बढ्दा कारोबार रकममा भने गिरावट आएको छ । आज सर्वाधिक कमाउनेतर्फ बोटलर्स नेपाल, शिवम सिमेन्टस, अरुण काबेली, रिलायबल नेपाल लाइफ, हाथवे, लक्ष्मी सनराईज बैंक, हिमालयन लाइफ, सिटिजन लाइफ, सन नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ।































