National life

नोट हाम्रो सभ्यताको पहिचान भएकोले जतनसाथ प्रयोग गर्नु हामी सबैको कर्तव्य हो : राष्ट्र बैंक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|३० असोज २०८०, मङ्गलबार
477Shares
नोट हाम्रो सभ्यताको पहिचान भएकोले जतनसाथ प्रयोग गर्नु हामी सबैको कर्तव्य हो : राष्ट्र बैंक
ncell

काठमाडाैं । नेपाल राष्ट्र बैंकले नोट जतनसाथ प्रयोग गर्न आग्रह गरेको छ। वित्तीय चेतनाका लागि आज एउटा सूचना जारी गर्दै केन्द्रीय बैंकले यस्तो आग्रह गरेको हो।

‘नोट हाम्रो सभ्यताको पहिचान भएकोले नोटलाई जतनसाथ प्रयोग गर्नु हामी सबैको कर्तव्य हो’, राष्ट्र बैंकले भनेको छ।

सफा र सुकिला बैंकनोट मात्र चलनचल्तीमा आउन् भन्ने उद्देश्यले राष्ट्र बैंकले सफा नोट प्रयोग गर्ने नीति लिएको छ।

Royal Enfield
nic asia capital

नोटको प्रयोग गर्दा नखुम्च्याउने, पर्समा मिलाएर राख्ने, नकोर्ने, पानीबाट भिज्न नदिने, पूजाआजामा अक्षता, अबिर, धूप, बत्ती तथा आगोबाट जोगाउने र जथाभावी रङ वा तेल नलाग्ने गरी जतन गर्नुपर्ने सूचनामा उल्लेख छ। ‘यसो गर्दा नोट लामो समय टिक्नुको साथै किटाणुबाट सर्ने रोगको जोखिम कम हुन्छ र झुत्रा तथा च्यातिएका नोटबाट हुने हैरानी व्यहोर्नुपर्दैन’, सूचना भनिएको छ।

बैंक तथा वित्तीय संस्थाबाट नगद बुझिलिँदा वा नगद कारोबार गर्दा कुत्रिका, मक्किएका, च्यातिएका, गलेका, लुलो भएका, नक्कली सक्कली छुट्टिने सुरक्षण विशेषताहरु पहिल्याउन गाह्रो हुने, रङ पोतिएका वा लेखिएका वा कोरिएका, प्वाल पारिएका वा च्यातिएका नोट नलिई सफा र सुकिला नोटका लागि अनुरोध गर्ने बानी बसाल्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ। ‘यदि कसैसँग त्यस्ता भुत्रो तथा मैलो नोट भएमा नेपाल राष्ट्र बैंक वा आफ्नो खाता रहेको नजिकको बैंक तथा वित्तीय संस्थामा सटही गरी सफा नोट प्राप्त गर्न सकिन्छ’, राष्ट्र बैंकले भनेको छ।

यो समाचार शेयर गर्नुहोस्
477SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?