National life

नौ महिनामा ३६ करोड ७६ लाख राजस्व संकलन, कुन शीर्षकबाट कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ वैशाख २०८१, मङ्गलबार
709Shares
नौ महिनामा ३६ करोड ७६ लाख राजस्व संकलन, कुन शीर्षकबाट कति ?
ncell

काठमाडौँ। वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा रु ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ राजस्व सङ्कलन गरेको छ।

महानगरले दिएको जानकारी अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा रु १२ करोड ७० लाख ४३ हजार सात सय ८२ सङ्कलन भएको छ । महानगरले दोस्रो धेरै घर बहाल करबाट रु चार करोड ५५ लाख ७५ हजार आठ सय ६७ रहेको छ।

महानगरले २४ वटा शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
वीरगन्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले महानगरले गत आवको नौ महिनाको तुलनामा चालु आवमा रु दुई करोड ९५ लाख बढी राजस्व सङ्कलन गरेको बताए। गत नौ महिनाको तुलानामा राजस्व सङ्कलनमा सुधार देखिएको छ।

वीरगन्ज महानगरले गत आवभरिमा भने रु ५७ करोड एक लाख ७३ हजार दुई सय एक राजस्व सङ्कलन गरेको थियो । त्यसै गरी महानगरले आव २०७८-७९ मा भने रु ५१ करोड २२ लाख २४ हजार चार सय ९० राजस्व सङ्कलन गरेको थियो।

महानगरले चालु आव २०८०-८१ को लागि रु तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये चालुतर्फ रु दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार र पुँजीगततर्फ रु ६८ करोड ८७ लाख १५ हजार छुट्टाइएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
709SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?