National life

परशुराम धाममा लाग्ने माघी मकर मेलामा यसवर्ष ६० हजारभन्दा बढी भक्तजन सहभागी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ माघ २०८१, मङ्गलबार
804Shares
परशुराम धाममा लाग्ने माघी मकर मेलामा यसवर्ष  ६० हजारभन्दा बढी भक्तजन सहभागी
ncell

काठमाडौं । डडेल्धुरास्थित परशुराम धाममा लागेको माघी मकर मेलामा ६० हजारभन्दा बढी भक्तजन सहभागी भएका छन् । परशुराम नगरपलिका– ५ परिगाउँस्थित महाकाली नदी किनारमा रहेको परशुराम धाममा हरेक हरेक वर्ष माघे संक्रान्तिमा ठुलो मेला लाग्ने गर्छ ।

यसवर्ष करिब ६० हजार दर्शनार्थीहरुले भगवान परशुुरामको दर्शन तथा महाकाली नदीमा मकरस्थान गरेको परशुराम क्षेत्र विकास समितिले जनाएको छ । नेपालका चार धाममध्येको एक महाकाली नदी किनारमा रहेको परशुरामधाममा रहेका चुनढुंगामा बसेर भगवान् परशुरामले तपस्या गरेको भन्ने जनविश्वास रहँदै आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पुस मसान्तको साँझ त्यहाँ पुगेर रातभरि मुडाको आगो तापेर भक्तजन जागाराम बस्ने गर्दछन् । भने माघ १ गते बिहानै महाकाली किनारमा नुहाउने भक्तजन भीड लाग्छ । माघे सङ्क्रान्तिको दिन गङ्गा स्नान गरेमा सम्पूर्ण पाप कट्टी हुने तथा पुण्य कमाइने विश्वास रहिआएको छ ।

अझ मकर संक्रान्तिका दिन महाकाली नदीमा मकर स्नान गरे अरू तीर्थभन्दा १० गुणा बढी पुण्य कमाइने धार्मिक मान्यता छ। यस दिन मेला भर्नका लागि डडेल्धुरासहित कैलाली, कञ्चनपुर, सुदूरपश्चिमका पहाडी जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी आउने गरेका छन्।

यसका साथै मकरसङ्क्रान्तिका बेला डडेल्धुराबाट मात्रै १६ वटा शिवालयका देउरा (चल देवता अर्थात् सुनचाँदीका आभूषणसहित शङ्ख, घण्टा, नेजाध्वजा) लैजाने चलन छ। खिट्केश्वर, भागेश्वर, असिग्राम, वैद्यनाथ, घटाललगायतका देउराहरुलाई देवघाटमा सामूहिक स्नान गराइएको छ ।

श्यामा (महाकाली) र एला (रंगुन) नदीको संगममा रहेको यस तीर्थमा भृगुवंशी महर्षि जगदग्नी र रेणुका पुत्र परशुरामले तपस्या गरेको विभिन्न पुराणहरूमा वर्णन गरिएको छ । एला र श्यामाको संगममा जगदग्नी पुत्र परशुरामको आश्रय रहेको स्कन्दपुराणमा उल्लेख गरिएको छ ।

हैयेय वंशी क्षत्रीहरूले पिता जगदग्नीको हत्या गरी कामधेनु गार्य अपहरण गरेको र आततायी क्षत्रीयहरुको अत्याचार कम गर्न क्षत्रीय विनास गरेको २१ पटक पृथ्वीलाई क्षत्रीविहीन गरेपछि सरयूश्यामा नदीमा स्नान गरेको पुराणमा उल्लेख छ ।

महाकालको जटाबाट निस्केको मन्दाकिनी गंगा महाकाली नदीमा स्नान गर्नाले गंगास्नानको बराबर पुण्य प्राप्त हुन्छ । त्यस्तै गंगाको तटमा अवस्थित परशुराम तीर्थमा स्नान, तर्पण गर्नाले पितृ उद्धार तथा देवलोक प्रप्त हुने पवित्र तीर्थ भनेर वर्णन गरिएको परशुराम तीर्थ महाकाली नदीको दक्षिणतर्फ अवस्थित छ।

करिब ८५ बिघा क्षेत्रफलमा फैलिएको परशुरामधाम क्षेत्रमा परशुराम बाबाको ५४ फिट अग्लो मूर्ति बनेपछि आन्तरिक पर्यटनलाई बढावा दिन मद्दत गरेको छ ।

गुरु योजना अनुसार मूर्ति, बत्ति व्यवस्थापन लगायतका काम पहिलो चरणमा सकिएको छ । दोस्रो चरणमा स्नानघाट, तटबन्ध, सडक लगायत संरचना निर्माण गरिने परशुराम नगरपालिकाले जनाएको छ ।

डडेल्धुरा सदरमुकाम खलङ्गादेखि ९० किलोमिटर र कञ्चनपुरको महेन्द्रनगरबाट ३९ किलोमिटरको दुरीमा सडकमार्गबाटै परशुरामधाम पुग्न सकिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
804SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?