National life

पशुपति क्षेत्र विकास कोषको जग्गा खोज्न रेग्मीको नेतृत्वमा समिति गठन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ फागुन २०८०, आइतबार
638Shares
पशुपति क्षेत्र विकास कोषको जग्गा खोज्न रेग्मीको नेतृत्वमा समिति गठन
ncell

काठमाडौँ। पशुपति क्षेत्र विकास कोषको जग्गा खोज्नका निमित्त सरकारले पूर्व सचिव दामोदर रेग्मीको नेतृत्वमा समिति गठन गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै पशुपति क्षेत्र विकास कोषको नाममा देशभर रहेका जग्गा खोज्न रेग्मीको नेतृत्वमा समिति बनाएको जानकारी दिएको छ ।

मन्त्रालयले आज गठन गरेको समितिको सदस्यमा पूर्व सहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल, मन्त्रालयका उपसचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु केसी छन् ।

काठमाडौँ उपत्यकामा रहेको जग्गा व्यवस्थापनका लागि कोषले काम अगाडि बढाएको समितिको जानकारी छ  ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अवैध रुपमा बनेको संरचना भत्काउन थालिएको समेत कोषले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
638SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?