National life

पहिलो त्रैमासको आर्थिक वृद्धिदर करिब साढे तीन प्रतिशत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ पुस २०८१, बुधबार
781Shares
पहिलो त्रैमासको आर्थिक वृद्धिदर करिब साढे तीन प्रतिशत
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमास अर्थात साउनदेखि असोजसम्ममा देशको आर्थिक वृद्धिदर ३.४ प्रतिशत रहने प्रक्षेपण भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रथम त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रतिवेदनले करिब साढे ३ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो ।

प्रतिवेदनअनुसार त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको यही अवधिमा ३.४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कृषि उत्पादनमा भएको वृद्धि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धिका कारण यो त्रैमासमा सकारात्मक आर्थिक वृद्धि भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गएको आर्थिक वर्षको पहिलो तीन महिना र चालु आर्थिक वर्षको यसै अवधिमा अर्थतन्त्रका कुल १८ ओटा औद्योगिक वर्गीकरणमध्ये १७ औद्योगिक क्षेत्रहरूको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको छ ।

निर्माणजन्य वस्तुको आयातमा आएको गिरावटका कारण निर्माण क्षेत्र झिनो अङ्कले सङ्कुचनमा रहेको प्रारम्भिक अनुमान छ । यी १८ औद्योगिक वर्गीकरणमध्ये विद्युत तथा ग्याँससँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर (२१.४ प्रतिशत) रहेको छ भने यातायात तथा गोदाम क्षेत्र ६.७ प्रतिशत वृद्धिदर दोस्रोमा छ ।

यस्तै आवास तथा भोजन सेवा क्षेत्रको ६.३ प्रतिशत वृद्धिदर छ भने वित्तीय तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ५.७ प्रतिशत हुने अनुमान छ । कार्यालयका अनुसार प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५.४ प्रतिशत र पेशागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर ५.१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।

अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर तीन प्रतिशत हुने प्रारम्भिक अनुमान छ । धानलगायतका वर्षे बालीको उत्पादनमा वृद्धि हुनुका साथै तरकारी तथा नगदे बालीहरु र पशुपन्छीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मुल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
781SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?