National life

पाँच महिनामा वीरगञ्ज भन्सारबाट धानचामलको आयातमा बृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ पुस २०८१, शुक्रबार
796Shares
पाँच महिनामा वीरगञ्ज भन्सारबाट धानचामलको आयातमा बृद्धि
ncell

काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा वीरगञ्ज भन्सारबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा तीन अर्ब ९३ करोड ६३ लाख २० हजार रुपैयाँको धान आयात भएको छ ।

गएको आर्थिक वर्षको यही अवधिको तुलनामा चालू आर्थिक वर्षमा धान आयात ६० दशमलव २८ प्रतिशतले बढेको छ । साथै राजस्व सङ्कलनको आधार पनि एक सय ४५ दशमलव २३ प्रतिशतले बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गएको आर्थिक वर्षको पाँच महिनामा दुई अर्ब ४० करोड ३१ लाख ६४ रुपैयाँ बराबरको धान आयात भएको थियो । चालू आर्थिक वर्षको पाँच महिनामा ९२ करोड ८० लाख ९० हजार रुपैयाँ मूल्य बराबरको ८८ लाख ६६ हजार पाँच सय ४० किलोग्राम चामल आयात भएको छ ।

गएको आर्थिक वर्षको यही अवधिको तुलनामा चालू आर्थिक वर्षमा चामल आयात ५४ दशमलव १२ प्रतिशत र राजस्व सङ्कलनको आधारमा २० दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
796SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?