National life

वीरगञ्ज भन्सारबाट मोटरसाइकल आयात बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ कात्तिक २०८१, बिहिबार
899Shares
वीरगञ्ज भन्सारबाट मोटरसाइकल आयात बढ्यो
ncell

काठमाडौं । वीरगञ्ज भन्सारबाट चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलकोे आयात बढेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८०–८१ को भदौ महिनासम्मको तुलनामा चालू आर्थिक वर्षको यही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका हुन् ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे गाडीको आयातमा कमी आएको भए पनि दुई पाङग्रे गाडीको आयात बढेको छ । चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा दुई अर्ब सात करोड ८४ लाख २२ हजार रुपैयाँ मूल्य पर्ने १६ हजार तीन सय ८४ वटा मोटरसाइकल आयात भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गएको आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा भने एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्य पर्ने नौ हजार दुई सय ६४ वटा मोटरसाइकल आयात भएका थिए । आर्थिक वर्ष २०८०–८१ को भदौ मसान्तसम्ममा २३ करोड ९० लाख चार हजार मूल्य पर्ने १२ लाख ६५ हजार छ सय २७ वटा मोटरसाइकल(मोपेडसहित)को पार्टपूर्जा आयात भएका थिए ।

चालू आर्थिक वर्षको यही अवधिमा ३४ करोड १७ लाख २२ हजार रुपैयाँ मूल्य पर्ने १६ लाख ६१ हजार पाँच सय ३१ वटा मोटरसाइकल (मोपेडसहित)को पार्टपूर्जाहरु आयात भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
899SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?