National life

चार महिनामा १३ अर्ब ४० करोड बढीको स्मार्टफोन आयात

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ मंसिर २०८१, शुक्रबार
742Shares
चार महिनामा १३ अर्ब ४० करोड बढीको स्मार्टफोन आयात
ncell

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल १३ अर्ब ४० करोड ४८ लाख ७० हजार रुपैयाँको ८ लाख २७ हजार ९२५ थान स्मार्टफोन आयात भएको छ ।

जसबाट सरकारले २ अर्ब ४९ करोड ९७ लाख ७ हजार रुपैयाँ राजस्व उठाएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याँक अनुसार गत आर्थिक वर्षको यसै अवधिमा कुल ७ लाख ७१ हजार ३२६ थान स्मार्टफोन आयात भएको थियो ।

विभागको तथ्याँक अनुसार गत आर्थिक वर्षको पहिलो ३ महिनामा ११ अर्ब ५३ करोडको फोन आयात भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर यस वर्ष करिब २ अर्ब रुपैयाँ बढीको स्मार्टफोन आयात भएको छ । पछिल्लो समय स्मार्टफोनका आयात निरन्तर बढ्दै गएको देखिएको छ । भन्सार विभागको तथ्याँक अनुसार चालु आर्थिक वर्षको कार्तिकसम्ममा करिब १३ अर्ब रुपैयाँको स्मार्टफोन नेपाल भित्रिएको छ ।

गत चैतसम्म विभिन्न मुलुकबाट ६ लाख ५५ हजार ६३१ थान स्मार्ट फोन ९ अर्ब ८३ करोड २८ लाख ९८ हजमार रुपैयाँमा आयात भएको थियो ।

विभागको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा बढी चीनबाट मोबाइल आयात भएका छन् । चीनबाट मात्रै कार्तिकसम्म्मा ९ अर्ब १९ करोड रूपैयाँ बराबरको ६ लाख ११ हजार ९९७ थान स्मार्टफोन भित्रिएका छन् ।

त्यस्तै दोस्रोमा भारतबाट ४ अर्ब २ करोड ८४ लाख रूपैयाँको २ लाख १३ हजार ४९ थान मोबाइल आयात भएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
742SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?