काठमाडौँ । चालु आर्थिक वर्षको ५ महिनामा ४३ करोड बराबरको कलम आयात भएको छ ।
यस्तै सोही अवधिमा १७ करोड बराबरको सिसाकलम (पेन्सिल) आयात भएको भन्सार विभागको तथ्यांक छ । भन्सार विभागको तथ्यांकअनुसार २०८१ साउनदेखि मंसिर मसान्तसम्ममा ४३ करोड ६६ लाख ७२ हजार रुपैयाँको १९ करोड १ लाख ५१ हजार ८०१ वटा कलम आयात भएको छ ।
यसैगरी १७ करोड ५४ लाख ११ हजार रुपैयाँ बराबरको ३ करोड २४ लाख ८७ हजार ९१० वटा सिसाकलम आयात भएको उल्लेख छ ।


































