National life

पुनः धुलो हिलो चिसो छल्दै राजधानी आइपुगे मिटरब्याजी पीडितहरू

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ फागुन २०८०, मङ्गलबार
713Shares
पुनः धुलो हिलो चिसो छल्दै राजधानी आइपुगे मिटरब्याजी पीडितहरू
ncell

काठमाडौँ। देशभरका मिटरब्याजी पीडितहरू पुणः पैदल यात्रा गरेरै काठमाडौँ आइपुगेका छन् । न्याय नपाएको भन्दै ‘न्याय मार्च’ नाम दिएर पूर्वपश्चिम पैदल यात्रा आन्दोलनका लागि पीडितहरू काठमाडौँ प्रवेश गरेका छन् ।

यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याजी पीडितहरू महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौँ आएका थिए । पीडितहरूको धर्ना, प्रदर्शन र दबाबपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा मिटरब्याजी पीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदल यात्रा सुरु गरेका पीडितहरू १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका थिए ।

मधेसका २० जिल्ला र अरू ८ जिल्लाका पीडित न्याय मार्चमा छन् । फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत उनीहरूका माग छन् ।

लघु वित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपालले माघ १६ गतेबाट पैदल यात्रा सुरु गरेको थियो । काठमाडौंमा चरणबद्ध रुपमा सरकारलाई दबाद सृजना गर्ने उनीहरुको भनाई छ । मिटरब्याजी पीडितहरूले सरकारले समेत आफूहरुलाई वे वास्ता गरेको भन्दै सरकारको ध्याणाकर्षण गराउन समेत राजधानि प्रवेश गरेको सहभागी एक पीडितले जानकारी दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
713SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?