काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपालमा सञ्चालित सबै बीमा कम्पनीलाई स्वदेशी पुनर्बीमा कम्पनीलाई बुझाउनुपर्ने कारोबार विवरण हरेक त्रैमास सकिएको १५ दिनभित्रैमा कारोबार विवरण बुझाएर हिसाब क्लियर गर्न गर्न निर्देशन गरेको छ।
नेपालमा सञ्चालित बीमा कम्पनीहरुले स्वदेशी पुनर्बीमा कम्पनीहरुलाई बुझाउनु पर्ने हिसाब किताब र कारोबार विवरण राफसाफ गर्नुपर्नेमा ध्यान नदिएको पाइएको भन्दै तत्काल विवरण बुझाउने व्यवस्था मिलाउन नियामक नियकायलाई प्राधिकरणले कडा निर्देशन जारी गरेको हो ।

नेपालमा सञ्चालित सबै बीमा कम्पनीहरुलाई जारी गरिएको निर्देशनमा मिति २०७९ माघ १३ गते जारी गरेको निर्देशन बमोजिम कारोबार विवरण हिसाब किताब प्रत्येक त्रैमास सकिएको १५ दिनभित्र बुझाउन निर्देशन दिएको छ ।
त्यस्तै, प्रत्येक त्रैमास सकिएको तीन महिनाभित्र हिसाब किताब र लेना देना पुरा गर्न दिएको निर्देशन पालना नभएको भन्दै कारवाही गर्ने चेतावनी दिएको हो ।

































