काठमाडौँ। । पूर्वाधार विकास बैंकले पूर्वाधार विकाससँग सम्बन्धित परियोजनाहरूमा मात्र कर्जाहरू प्रवाह गर्न सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै बैंकले ३० करोड प्रति परियोजना भन्दा कम कर्जा तथा सुविधाको सीमा स्वीकृति तथा प्रवाह गर्न नसक्ने उल्लेख गरेको हो । केन्द्रीय बैंककाअनुसार पुर्वधार बैंकले आफूले जारी गरेको मुद्दती निक्षेप रसिदको धितोमा ३० करोडभन्दा कम रकमको कर्जा प्रदान गर्न यो व्यवस्थाले बाधा पुगेको मान्न नसकिने बताएको छ ।
पूर्वाधार विकास बैंकले ब्याज आम्दानीको लेखांकन गर्दा राष्ट्र बैंकबाट जारी भएको एनएफआरएस बमोजिम गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले एकै क्षेत्रका परियोजनाहरूमा आफ्नो कुल कर्जा बक्यौताको बढीमा ५० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाइने व्यवस्था गरिएको जनाएको छ
‘संस्थाले प्रादेशिक एवम् स्थानीय तहका सरकारहरूको अगुवाइमा पीपीपीबाट प्रवर्द्धित कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा, फोहर मैला व्यवस्थापन, खानेपानी व्यवस्थापन र ढल निकास सम्बन्धी परियोजनाहरूमा ३ करोड वा सो भन्दा बढी कर्जा तथा सुविधा प्रदान गर्न यो व्यवस्थाले वाधा पुगेको मान्न नसकिने केन्द्रीय बैंकले जनाएको छ ।
भने क्षेत्रगत कर्जा सीमा नाघेमा सीमा भन्दा बढी प्रवाह भएको रकम संस्थाले प्राथमिक पुँजीबाट घटाउनु पर्ने राष्ट्रबैंकले जारी गरेका सूचनामा उल्लेख गरिएको छ ।
































