National life

पोर्चुगल र जापान पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ माघ २०८१, मङ्गलबार
830Shares
पोर्चुगल र जापान पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ
ncell

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पोर्चुगल र जापान पठाइदिने भन्दै साढे १४ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा डोटीको बडीकेदार गाउँपालिका–३ घर भई काठमाण्डौ महानगरपालिका–१४ बस्ने २९ वर्षीय पूर्णबहादुर जेठारा र नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ घर भई काठमाण्डौको नागार्जुन नगरपालिका–२ बस्ने ३७ वर्षीय राजकुमार लामा रहेका छन् ।

पूर्णबहादुरले पोर्चुगल पठाइदिने भन्दै तीन जनाबाट नौ लाख र राजकुमारले जापान पठाइदिने भन्दै एक जनाबाट पाँच लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
830SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?