National life

प्रचण्डसहित माओवादीका १३ नेताविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ कात्तिक २०८१, मङ्गलबार
603Shares
प्रचण्डसहित माओवादीका १३ नेताविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी
ncell

काठमाडौं। सामाजिक अभियान्ताको रुपमा परिचित युवराज पौडेल ‘सफल’ले पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन तथा चक्रपाणी खनालसहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी दिएका छन् ।

सफलले माओवादी लडाकु शिविर (क्यान्टोनमेन्ट) मा भएको घोटालाबारे छानविन गर्न माग गर्दै उजुरी हालेका हुन् । उजुरीमा राज्यकोषबाट माओवादीले ४ अर्ब हिनामिना गरेको देखिने भएकाले उनीहरूलाई पक्राउ गरी कारवाही माग गरिएको छ।

तत्कालीन विद्रोही माओवादी र सरकारबीच भएको विस्तृत शान्ति सम्झौतापछि लडाकु समायोजन र अवकाशका लागि सरकारी कोषबाट ६ वर्षको अवधिमा झण्डै २० अर्ब रुपैयाँ खर्च भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले ५५ करोड बेरुजु देखाएको थियो ।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/10/ujuri.pdf"]

 

यो समाचार शेयर गर्नुहोस्
603SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?