National life

प्रतिनिधिसभा बैठक बजेट आइतबार र सोमबार स्थगन ! यस्तो छ कारण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ जेठ २०८१, आइतबार
1.2kShares
प्रतिनिधिसभा बैठक बजेट आइतबार र सोमबार स्थगन ! यस्तो छ कारण
ncell

काठमाडौं । विनियोजन विधेयकमा छलफलका लागि आज आईतवार र भोलि सोमबारका लागि निर्धारित प्रतिनिधिसभाका बैठक स्थगन गर्ने निर्णय भएको छ। उक्त विधेयकमाअब २९ गतेदेखि नियमित छलफल हुनेछ ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि दलहरूले समय मागेका कारण बैठक स्थगनको सूचना जारी गरिएको सभामुख सचिवालयको जानकारी छ ।

सभामुख देवराज घिमिरेसहित उनको सरकारी निवासमा संसदमा प्रतिनिधित्व गरेका मुख्य दलका प्रमुख सचेतकहरूसँग आज बिहान भएको बैठकले बजेट पुस्तिकामा उल्लिखित विविध विषयमा सांसदहरूलाई अध्ययनका निम्ति पर्याप्त समय उपलब्ध गराउन दुई दिन प्रतिनिधिसभाको बैठक नगर्ने निर्णय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभामुख निवासमा भएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही, मुख्यसचिव डा वैकुण्ठ अर्याल र सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको उपस्थिती रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?