काठमाडौँ। कोरम नपुगेकै कारण पटक पटक संसदीय समितिको बैठक क्यान्सिल हुँदै गएपछि प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले क्यालेण्डर तयार गर्ने भएको छ ।
मंगलबार बसेको संसदीय समितिको बैठकले क्यालेन्डर बनाउन ५ सदस्यीय उपसमिति बनाएको हो । समितिमा नेपाली कांग्रेसबाट दीनेश यादव, एमालेबाट ठाकुर गैरे, माओवादीका माधव सापकोटा, रास्वपाका निशा डाँगी र राप्रपाकी विना लामा रहेका छन् ।
क्यालेन्डर नहुँदा कोरम नपुगेर बैठक बस्न नसकेको र सांसदको दैनिकी पनि प्रभावित भएको भन्दै समितिको प्रभावकारिताका लागि क्यालेन्डर बनाउन माओवादी उपमहासचिव शक्ति बस्नेतले समितिमा प्रस्ताव गरेको थिए ।


































