National life

प्रधानमन्त्री ओलीले गरे झापामा बनेको १८ तले भ्यू टावरको उद्घाटन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ मंसिर २०८१, आइतबार
893Shares
प्रधानमन्त्री ओलीले गरे झापामा बनेको १८ तले भ्यू टावरको उद्घाटन
ncell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा बनेको १८ तले भ्यू टावरको उद्घाटन गरेका छन् । दमक नगरपालिका–३ दापगाछीमा बनेको भ्यू टावरको ओलीले आज उद्घाटन गरेका हुन् ।

आलोचना बढ्दै गएपछि भ्यू टावरलाई अहिले व्यवसायिक कम्प्लेक्स भनेर नामाकरण गरिएको छ । भ्यू टावरको लगानी एक अर्ब ४५ करोड रुपैयाँभन्दा धेरै रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो टावर चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन ।

भ्यू टावरको २०७६ को असार २७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए । १८ तले भवन उपयोगविहीन छ, यो भवनलाई के प्रयोजनमा लगाउने भन्ने पनि अझै टुङ्गो लाग्न सकेको छैन । भ्यू टावरसम्म जाने सडकको हालत खराब रहेको छ । भ्यू टावर वरपर सुकुम्बासी बस्ती रहेको छ ।

भूकम्प, चट्याङ र आगलागी प्रतिरोधी प्रविधि प्रयोग गरेर निर्माण गरिएको यो टावर सबै जोखिमका दृष्टिले सुरक्षित र अत्याधुनिक रहेको रहेको निर्माताको दाबी छ । भ्यू टावरको भुइँतलामा ४० वटा चार पाङ्ग्रे र दुई सय वटा दुई पाङ्ग्रे गाडी अट्ने पार्किङ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
893SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख

छुटाउनुभयो कि ?