National life

प्रधानमन्त्री प्रचण्डको गृह नगरको बजेट ६ अर्ब ३१ करोड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० असार २०८०, आइतबार
682Shares
प्रधानमन्त्री प्रचण्डको गृह नगरको बजेट ६ अर्ब ३१ करोड
ncell

काठमाडौं । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । यो चालू आर्थिक वर्षका लागि ल्याएको बजेट भन्दा ९.९९ प्रतिशत अर्थात ५७ करोड ३७ लाख ३४ हजार रुपैयाँले बढी हो ।

चालू आर्थिक वर्षका लागि महानगरपालिकाले ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियोे । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अधिकांश महानगरपालिकाहरुको बजेट घट्दै गर्दा भरतपुर महानगरको बजेट झण्डै १० प्रतिशतले बढ्नुले खास अर्थ राखेको छ । अन्य महानगरहरुले स्रोतको अभावमा बजेट घटाएपनि भरतपुर महानगरले भने आन्तरिक स्रोत राम्रो रहेको जनाएको छ । यो वर्ष मात्र महानगरपालिकाले २७.७३ अर्थात् १ अर्ब ७५ करोड रुपैयाँले आय वृद्धि गरेको छ ।

भरतपुर यहीँ महानगरपालिका हो जुन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को गृह नगर । प्रचण्ड पुत्री रेणु दाहालले नै अहिले भरतपुर महानगरको नेतृत्व गरिरहेकि छिन् ।उसो त प्रचण्ड पुत्री भएर मात्र नभई पछिल्लो समय मेयर रेणु दाहालले महानगरमा गरेको काम, विकास निर्माण तथा जन सरोकारका मुद्दाहरुले गर्दा उनी निकै लोकप्रिय छिन् ।

भरतपुर महानगरपालिका बजेटको सवालमा ललितपुर महानगरको हाराहारीमा आइपुगेको छ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।चालु आर्थिक वर्षका लागि ६ अर्ब ३५ करोड ३५ लाख ३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि जम्मा २.३२ प्रतिशतले मात्र बजेट वृद्धि गरेको हो ।ण

यो समाचार शेयर गर्नुहोस्
682SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?