National life

प्रभु क्यापिटलद्वारा शेयर लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रम सञ्चालन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ असोज २०८०, सोमबार
734Shares
प्रभु क्यापिटलद्वारा शेयर लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रम सञ्चालन
ncell

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सहकार्यमा २ दिने शेयर लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।

प्रभु क्यापिटलले आयोजना गरेको यो २ दिने जनचेतनामूलक तालिम कार्यक्रम कास्की जिल्लाको ग्रामीण भेग बिरेठाटीका सर्वसाधारणहरुका लागि, प्रभु बैंक लिमिटेडको पोखरा एरियाका शाखाका शाखा प्रमुख सहित कर्मचारीहरुको लागि र पोखरा थकाली समाजका अग्रज तथा युवाहरुलाईलाई लक्षित गरी गरिएको थियो । जसमा बिरेठाटीमा करीब १२० जना सर्वसाधारणहरु, प्रभु बैक लिमिटेडका करीब २५ जना तथा थकाली समाजका ५० भन्दा बढी अग्रज तथा युवाहरुको सहभागिता भएको थियो ।

यो तालिम यही असोज २० गते शनिबार तथा २०८० असोज २१ गते आईतबारका दिन सम्पन्न गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त तालिम कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक शंकर प्रसाद रिमाल, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका सहायक प्रबन्धक तथा सूचना अधिकृत सुरेश न्यौपानेको सहभागीता भएको थियो भने उक्त कार्यक्रमको समन्वय प्रभुक्यापिटलका चिफ बिजनेस अफिसर तथा कम्पनी सचिव बासु थपलियाले गरको थिए भने प्रभु क्यापिटल लिमिटेडको कोष व्यवस्थापनका स्कीम म्यानेजर सौगात पन्तले लगानी सम्बन्धी जानकारी प्रदान गरेका थिए ।

प्रशिक्षणमा रिमालले धितोपत्र बोर्डको स्थापना देखि हालसम्मको जानकारी, शेयर बजार, प्राथमिक तथा दोश्रो बजार सम्बन्धी आधारभुत कुराहरु, नियामक निकायको शेयरसम्बन्धी धारणा, शेयर बजारमा उपलब्ध भएका उपकरणहरुको जानकारी, कम्पनीहरुको आधारभूत तथा प्राविधिक विश्लेषणका सम्बन्धमा सामान्य जानकारी, लगानी विविधीकरण, लगानीकर्ताको हकहितमा सेबोनको भूमिका, बेबसाईट मार्फत गुनासोको व्यवस्था आदिको बारेमा जानकारी दिएका थिए ।

त्यस्तै, न्यौपानेले आस्बा, सिआस्बा, मेरो शेयर एप सम्बन्धी जानकारी, आईपिओमा आवेदन गर्दा ध्यानदिनु पर्ने कुराहरु, ईडीआईएस तथा केन्द्रिकृत केवाईसीको सम्बन्धमा जानकारी, भौतिक प्रमाणपत्रको डिम्याट गर्ने प्रक्रिया, शेयर लगानी गर्दाआफनो अवस्था विश्लेषण गरी लगानी गर्ने जस्ता विषयमा प्रकाश पारेका थिए भने पन्तले पोर्टफोलियो व्यवस्थापन तथा सामूहिक लगानी कोष तथा लगानीमा हुने जोखिम व्यवस्थापन सम्बन्धी विषयहरु समेटेका थिए ।

कार्यक्रमका सहभागी सदस्यहरुले वर्तमान शेयर बजारमा लगानीकर्ताहरुको प्रवेशका लागि आवश्यक विषयहरु समेटि गरिएको यो तालिम ज्यादै उपयोगी रहेको तथा शेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस्तो प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रमहरु, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ भने यो विश्व लगानीकर्ता सप्ताहको आव्हानमा प्रत्येक वर्ष अन्तराष्ट्रीय स्तरमा शेयर लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाईने गरिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
734SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?