National life

प्राधिकरणको अध्यक्ष पदका लागि १२ प्रतिस्पर्धीको आवेदन, चर्को टक्करबिच कसले मार्ला बाजी ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ माघ २०८१, शुक्रबार
499Shares
प्राधिकरणको अध्यक्ष पदका लागि १२ प्रतिस्पर्धीको आवेदन, चर्को टक्करबिच कसले मार्ला बाजी ?
ncell

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ प्रतिस्पर्धीको परेको छ ।

अर्थ मन्त्रालयद्वारा गठित प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस समितिले गत पुस २६ गते सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो।

जस अनुसार बिहीबारसम्म प्राधिकरणको अध्यक्षका लागि ४ जना प्रतिस्पर्धीले मात्रै आवेदन दिएको भए पनि शुक्रवार ५ बजेसम्मको अवधिमा १२ जनाको आवेदन परेको एक स्रोतले जानकारी दिएको छ ।

कमलप्रसाद रेग्मी, डा.दामोदर बस्यौला, चिरञ्जीवी चापागाईँ र शरद ओझाले दिएको आवेदनबारे यस अगाडि नै नाम सार्वजनिक भएको भए पनि थप नयाँ आवेदकको विषयमा भने नाम सार्वजनिक हुन सकेको छैन । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो सँगै प्राधिकरणको अध्यक्ष पदका लागि चर्को प्रतिस्पर्धा हुने निश्चित भएको छ।

प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन दिनेहरू बीमा समितिका पूर्व अध्यक्ष देखि प्राधिकरणका निर्देशक हुँदै पूर्व सचिव समेत रहेको स्रोतको दाबी छ ।  माथि उल्लेखित आवेदकमध्ये बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक र चापागाईँ साबिक बीमा समितिका पूर्व अध्यक्ष हुन्। अर्का आकांक्षी रेग्मी बीमा प्राधिकरणमा निर्देशक हुन भने ओझा अधिवक्ता, वित्त परामर्शदाता हुन ।

योग्य तथा इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित आज माघ ११ गते कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिन सक्ने जनाइएको छ ।  उम्मेदवारले कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव भएको हुनुपर्ने उल्लेख छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?