National life

प्राधिकरणको महोत्तरी वितरण केन्द्रद्वारा ६ महिनामा पाँच करोड बढी राजस्व सङ्कलन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० माघ २०८०, शनिबार
723Shares
प्राधिकरणको महोत्तरी वितरण केन्द्रद्वारा ६ महिनामा पाँच करोड बढी राजस्व सङ्कलन
ncell

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्र (महोत्तरी) ले छ महिनामा रु पाँच करोड बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०८०- ८१ को छ महिनाको अवधिमा उक्त केन्द्रले रु पाँच करोड २३ लाख २२ हजार सात सय ६८ राजस्व सङ्कलन गरेको हो ।

उक्त अवधिमा केन्द्रले विद्युत् चुहावट रोक्न अनुगमन बढाएको जनाइएको छ । विद्युत् चोरी जरिवाना, पुनः लाइन जडान र नयाँ ग्राहकबाट उक्त रकम सङ्कलन भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
छ महिनामा दुई सय ९७ विद्युत् चुहावटका घटना फेला परेर कारबाही गरिएको कार्यालयले जनाएको छ ।

यो कारबाहीबाट रु २७ लाख ८४ हजार एक सय ७७ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख जगन्नाथ झाले जानकारी दिए । सोही अवधिमा समयमा विद्युत् महसुल नबुझाएर लाइन काटिएका चार सय ८८ सेवाग्राहीको लाइन पुनःजोडिदा रु तीन करोड ८१ लाख १२ हजार आठ सय ७६ राजस्व सङ्कलन भएको छ ।

सोही अवधिमा सेवा क्षेत्रका चार सय २४ सेवाग्राहीको नयाँ लाइन जडान गरिँदा रु एक करोड १४ लाख २५ हजार सात १५ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये उत्तरी क्षेत्रमा गौशाला र दक्षिणी भेगमा जलेश्वर वितरण केन्द्रले सेवा दिँदै आएका छन् । गौशाला वितरण केन्द्रका सात स्थानीय तह सेवा क्षेत्र हुन् ।

पछिल्ला केही वर्षयता विद्युत् चोरी (चुहावट) का घटना बढेपछि अभियानकै रूपमा अनुगमन बढाइएको कार्यालय प्रमुख झाले बताए । यस अभियानमा विद्युत् चोरी रोक्न कारबाहीसँगै सेवाग्राहीलाई विद्युत् चुहावट नगर्न सचेतना अभियान सञ्चालन गर्दै आइएको केन्द्रले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
723SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?