काठमाडौं । फस्र्ट माइक्रोफाइनान्सले गत आवको चौथो त्रैमाससम्मको वित्तीय तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांकअनुसार फाइनान्सको व्यवसाय तथा खुद नाफा घटेको छ ।
सार्वजनिक भएको तथ्यांकअनुसार गत आवको असार मसान्तसम्म लघुवित्तले १९ करोड ६९ लाख खुद नाफा प्राप्त गरेको छ जुन अघिल्लो आवको तुलनामा २३.३९ प्रतिशत कम हो ।
तथ्यांकानुसार लघुवित्तको कुल सञ्चालन आम्दानी ४.१४ प्रतिशत घटेको देखिएको छ भने म्ुनाफा २३.४२ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.८७ प्रतिशतले बढ्दा खुद कमिशन आम्दानी भने ४०.८२ प्रतिशतले घटेको छ । त्यस्तै समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा शून्यबाट ०.६६ प्रतिशत पुगेको छ । इम्पेरमेन्ट चार्ज पनि ११ करोड ६५ लाख रुपैयाँ भएको छ ।
समीक्षा अवधिमा सापटी २१.०७ प्रतिशतले घटेको यस लघुवित्तमा कर्जा लगानी २६.३३ प्रतिशतले घटेको तथ्यांकले देखाएकोे छ । असार मसान्तसम्मको लघुवित्तको वितरणयोग्य मुनाफा १७ करोड ७१ लाख रुपैयाँ छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १५ रुपैयाँ ४४ पैसा रहेको छ ।
लघुवित्तको नाफासहित प्रतिशेयर आम्दानी पनि घटेको तथ्यांकमा छ ।






































