काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । निरन्तर उकालो यात्रामा रहेको शेयर बजारमा आज ब्रेक लागेको छ । उक्त दिन बजार ३४.४७ अंकले घटेर २९६६.३३ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३३० कम्पनीको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता शेयर किनबेच हुँदा २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा नौ वटा उपसूचक राताम्मै भएको छ ।
आज विकास बैंक समूहको २.२५ प्रतिशत, फाइनान्स समूहको २.७९ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.४९ प्रतिशत, हाइड्रोपावर समूहको ३.७४ प्रतिशतले शेयर मूल्य घटेको छ ।


































