National life

बन्द र जीर्ण उद्योगहरू सञ्चालन गर्न संसदमा लिमा अधिकारीको अनुरोध

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२५ चैत २०८२, बुधबार
747Shares
बन्द र जीर्ण उद्योगहरू सञ्चालन गर्न संसदमा लिमा अधिकारीको अनुरोध
ncell

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले प्रतिनिधिसभाको बुधबारको बैठकमा बन्द र जीर्ण उद्योगहरू पुनः सञ्चालन गर्न सरकारसँग आग्रह गरेकी छन्।

उनले गोरखाली रबर उद्योग, बुटवल धागो कारखाना जस्ता लामो समयदेखि बन्द रहेका उद्योगलाई पुनः सक्रिय बनाउने सरकारको घोषणाको स्वागत गर्दै अब त्यसलाई व्यवहारमा ल्याउन आवश्यक रहेको बताइन्।

अधिकारीले भनिन, ‘विराटनगर लगायत मुलुकको सम्पूर्ण प्रतिष्ठानहरूको पुनः सञ्चालन गरी औद्योगिक व्यावसायको वातावरण तथा रोजगारीको अवसर सिर्जना गरी समग्र आर्थिक विकासको नयाँ आयाम सरकारले प्रारम्भ गर्नेछ भन्ने विश्वास लिएको छु ।’

साथै उनले बीपी कोइराला, पुष्पकाल श्रेष्ठ, तुल्सीलाल अमात्य, गणेशमान सिंह, मनमोहन अधिकारी, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई र भरतमोहन अधिकारीजस्ता नेताहरूलाई स्मरण गरिन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अधिकारीले पछिल्लो तीन दशकमा भ्रष्टाचार, कुशासन, दण्डहिनता, स्वार्थमुखी सत्ता राजनीति, कमजोर सार्वजनिक सेवा र बेरोजगारीले जेनजी आन्दोलन जन्माएको उल्लेख गरिन्। उनले जेनजीको लक्ष्य असल शासन हासिल गर्नु भएको र अब त्यसको कार्यान्वयन अगाडि बढाउनु पर्नेमा जोड दिइन्।

यो समाचार शेयर गर्नुहोस्
747SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?