National life

बाढीमा हवाई उडान कम्पनीको मनोमानीको व्यापार: भाडा दोब्बर वृद्धि, कहाँ जान कति लाग्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ असोज २०८१, आइतबार
506Shares
बाढीमा हवाई उडान कम्पनीको मनोमानीको व्यापार: भाडा दोब्बर वृद्धि, कहाँ जान कति लाग्छ ?
ncell

काठमाडौँ । दशैँ सुरु करिब करिब हप्ता दिन बाकी रहँदै गर्दा हवाई यात्रा गर्ने यात्रुको चहलपहल बढेको छ । दैनिक रूपमा हुँदै गरेको सडक दुर्घटना, प्राकृतिक विपत्ति र अस्तव्यस्तको सडकको कारण हवाई उडान कम्पनीहरुको मनोमानी भएको छ ।  यात्रा गर्ने यात्रुको सङ्ख्यामा समेत उच्च मात्रामा बृद्धि भएको छ ।

यस वर्षको दशैंमा मात्रै १ लाख बढी यात्रुले हवाई मार्ग मार्फत जाने गर्ने आकलन गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नागरिक उड्डयन प्राधिकरणका अनुसार शुक्रवार र शनिवार आएको अविरल वर्षा सहितको बाढी पहिरोको कारण देशभरमा भएको ठूलो दुर्घटनाका कारण धेरैजसो राजमार्ग अवरुद्ध भएको कारणपनी हवाई यात्रा गर्नेको सङ्ख्यामा थप वृद्धि हुने देखिएको जनाएको छ ।

हवाई टिकटको चाप र मूल्य वृद्धि नेपालका आन्तरिक वायुसेवा कम्पनीहरूले दशैँ लक्षित टिकट बेच्नमा व्यस्त छन्। यात्रुको सङ्ख्यामा दैनिक वृद्धि आएसँगै हवाई भाडा समेत महँगो बन्दै गएको छ । बुद्ध, यति, र श्री एयरलाइन्सले हालसम्म ८२ प्रतिशत भन्दा बढी टिकट बुक गरिसकेको दाबी गरेका छन्।

यस वर्षको लागि सबैभन्दा बढी काठमाडौँ, पोखरा, विराटनगर, नेपालगन्ज, धनगढी, भद्रपुर, र भैरहवाका लागि उडान भइरहेको छ एयरलाइन्स कम्पनीले जनाएको छ। बुद्ध एयरसँग १८ वटा, श्री र यति एयरलाइन्ससँग समान ८ वटा विमान छन्। दैनिक १७० भन्दा बढी उडान हुने नेपालमा दशैँको चापसँगै अधिकांश टिकटहरू बिक्री भइसकेका छन्।

तर, दशैँको समयमा हवाई टिकटको भाडा दोब्बरसम्म बढेको छ। यति एयरलाइन्सका अधिकारीहरूका अनुसार टिकट बिक्री तोकिएको उच्चतम भाडा दरमा भइरहेको छ, तर यात्रीहरूले महँगो टिकट खरिद गर्न बाध्य भएका छन्।

यात्रुको चापका कारण दशैँमा हवाई भाडा तोकिएको उच्चतम बिन्दुमा पुगी, चाडपर्वको समयमै टिकट महँगो हुने गर्छ। दशैँमा काठमाडौँबाट बाहिर जाने यात्रुहरू बढी हुने र रित्तो जहाज फर्काउनु पर्ने हुँदा भाडा स्वाभाविक रूपमा बढ्ने नागरिक उड्डयन प्राधिकरणको भनाई छ ।

कुन गन्तव्यमा भाडा दर कति ?

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक हवाई भाडा निर्धारण गर्ने गर्छ । यसरी निर्धारण भएको भाडा दर ‘हवाई भाडा नियमन निर्देशिका, २०७३’ बमोजिम कार्यान्वयन हुने कानुनी प्रावधान छ ।

क्यानले आन्तरिक विमानस्थलहरूलाई ट्रङ्क, टुरिस्ट र स्टोल गरी तीन समूहमा विभाजन गरी हवाई भाडा निर्धारण गर्ने गर्दछ। तोकिएको भाडामा इन्धनको मूल्य अनुसार ‘सजचार्ज’ समेत जोडिन्छ । नेपालको आन्तरिक उडानमा अहिले सबैभन्दा महँगो हवाई भाडा काठमाडौँदेखि धनगढीको छ । अन्य समयमा सात हजार ९०० रुपैयाँ कायम हुने भाडा दर दशैँको छेकोमा भने ११ हजार रुपैयाँ नाघिसकेको छ ।

नेपालका आन्तरिक हवाई गन्तव्यमा तोकिएको सबैभन्दा बढी भाडा दर अर्थात् १७ हजार रुपैयाँ काठमाडौँ–धनगढीकै हो । काठमाडौँ–सुर्खेतको हवाई टिकट अन्य समयमा सात हजार आसपास रहेपनी दशैंको पेरिफेरीमा भने न्यूनतम भाडा नौ हजार रुपैयाँभन्दा बढी पुगिसकेको छ । उक्त रुटको अधिकतम हवाई भाडा १४ हजार २७ रुपैयाँ कायम हुने गरेको छ ।

त्यस्तै काठमाडौँ–नेपालगन्ज हवाई भाडा पनि अहिले न्यूनतम नै सात हजार ५०० रुपैयाँ छ। यो गन्तव्यको अधिकतम भाडा १३ हजार २६४ रुपैयाँसम्म तोकिएको छ। दशैँको समयमा काठमाडौँदेखि झापास्थित भद्रपुर विमानस्थलसम्मको न्यूनतम हवाई भाडा आठ हजार ९०० र अधिकतम १२ हजार २५९ रुपैयाँ तोकिएको छ ।

काठमाडौँदेखि विराटनगरका लागि साढे पाँच हजार भाडा लाग्ने गरेको भएपनी दशैँका बेला न्यूनतम ६ हजार ५०० देखि अधिकतम नौ हजार ९०३ रुपैयाँ कायम भएको छ। यतिखेर काठमाडौँ–भैरहवा हवाई भाडा आठ हजार रुपैयाँसम्म पुगेको छ । तर, अन्य समयमा भने यो रुटको हवाई भाडा पाँच हजार रुपैयाँ हो ।

त्यस्तै पर्यटकीय राजधानी घोषणा गरिएको पोखराका लागि दशैँका बेला हवाई भाडा न्यूनतम ४४ सयदेखि अधिकतम ६ हजार ७१० रुपैयाँसम्म तोकिएको छ। काठमाडौँदेखि जनकपुरसम्मको हवाई भाडा अन्य समयमा ४ हजार ३०० रुपैयाँसम्म लाग्छ । दशैँको समयका लागि न्यूनतम ४ हजार ५०० र अधिकतम ५५ सय ३५ रुपैयाँ भाडा लाग्ने भएको हो ।

नेपालभर हाल तीन क्षेत्रीय अन्तर्राष्ट्रियसहित ५३ विमानस्थल छन् । तर निर्माण भएकामध्ये ३३ विमानस्थल सञ्चालनमा छन् । सार्वजनिक यातायात र हवाई यात्रामा समान सास्ती चाडबाडका बेला सार्वजनिक यातायातमा भाडा अस्वाभाविक रूपमा बढेको र टिकट पाउन मुस्किल हुने जस्तै अवस्था हवाई यात्रामा पनि देखिन्छ।

यो समाचार शेयर गर्नुहोस्
506SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?