National life

बारामा धान उत्पादनमा वृद्धि, दुई लाख ७१ हजार ६२ मेट्रिक टन धान उत्पादन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ चैत २०८०, बुधबार
546Shares
बारामा धान उत्पादनमा वृद्धि, दुई लाख ७१ हजार ६२ मेट्रिक टन धान उत्पादन
ncell

काठमाडौं । बारामा यस वर्ष धान उत्पादन बढेको छ। बाराका किसानले यस वर्ष दुई लाख ७१ हजार ६२ मेट्रिक टन धान उत्पादन गरेका छन् । गएको वर्ष दुई लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । किसानले यस वर्ष ६२ हजार २० हेक्टर क्षेत्रफलमा अग्हनी, भदैया र चैते धान रोपेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहका अनुसार चालु आर्थिक वर्षमा अग्हनी धान ३४ हजार एक सय २० हेक्टरमा लगाइएकोमा एक लाख ३३ हजार आठ सय ९२ मेट्रिक टन उत्पादन भएको थियो । त्यसैगरी भदैया धान ११ हजार नौ सय हेक्टरमा रोपेर ५१ हजार एक सय ७० मेट्रिक टन फलाइएको थियो।

चैते धान १६ हजार हेक्टरमा लगाइएकोमा ८० हजार मेट्रिक टन उत्पादन भएको थियो । धेरै किसानले खेतबाट नै धान बेचेका थिए । अग्हनी प्रतिक्विन्टल तीन हजार चार सय रुपैयाँ, भदैया प्रतिक्विन्टल दुई हजार नौ सय र चैते धान प्रतिक्विन्टल तीन हजार रुपैयाँमा बिक्री भएको थियो ।रासस

यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?