National life

बीमा क्षेत्रको विकासमा योगदान पुर्‍याउने पाँच पूर्व सिईओ सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ चैत २०८०, बिहिबार
490Shares
बीमा क्षेत्रको विकासमा योगदान पुर्‍याउने पाँच पूर्व सिईओ सम्मानित
ncell

काठमाडौँ। बीमा क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएकाहरुलाई जीवन बीमक संघ नेपालले बीमा क्षेत्रका पाँच पूर्व कार्यकारी अधिकृत (सिईओ) हरूलाई सम्मानित गरेको छ ।

संघले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। सम्मान कार्यक्रमले बीमा क्षेत्रका कर्मचारी लगायत योगदान पुर्‍याउने मानिसहरूलाई हौसला प्रदान हुने संघको विश्वास रहेको छ ।

जीवन बीमक संघ नेपालले पूर्वसीईओ रमेशकुमार भट्टराई, मनोजकुमार भट्टराई, कवि पाठक, निर्मल ढकाल र एलपी दासलाई सम्मान गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कार्यक्रमलाई सम्बोधन गर्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरू सम्मानित गरी आउने समयमा पनि उहाँहरूको अनुभवलाई प्रयोग गरी बीमा क्षेत्रलाई थप अगाडी बढाउनु पर्ने बताए ।

‘समग्र रूपमा बीमा क्षेत्रमा लामो समयदेखि कार्य गरी रहेका तथा नेपालको बीमा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने कर्मचारी तथा पूर्व सीईओहरुलाई सम्मानित गर्नु आवश्यक रहेको छ’ जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेलले बताए । साथै उनले पूर्व सीईओहरुलाई सम्मान गरी एउटा राम्रो संस्कारको विकास समेत गरेको जिकिर गरे।

यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?