काठमाडौँ । नेपाल बीमा प्राधिकरणले अनलाइनको माध्यमबाट लिन थालेको परीक्षाबाट अहिलेसम्म ७२६ जनाले अभिकर्ता इजाजत पत्र परीक्षा पास गरेका छन्।
गत कात्तिकदेखि अभिकर्ता इजाजत पत्र वितरण गर्न गर्न प्राधिकरणले अनलाइन माध्यमबाट परीक्षा सञ्चालन सुरु गरेको थियो। कात्तिकको तेस्रो सातादेखि सुरु भएको परीक्षामा उत्तीर्णहरूलाई अनलाइन माध्यमबाटै प्रमाणपत्र वितरण कार्य सुरु गरेको छ।
चौथो चरणमा गत मङ्सिर १३ गतेदेखि मङ्सिर मङ्सिर १५ गतेसम्म सञ्चालन अनलाइन परीक्षा कम २१५ जना अभिकर्ता इजाजत पत्र परीक्षा उत्तीर्ण गरेका हुन्।
यसअघि पहिलो चरणमा २१९ जना, दोस्रो चरणमा १७६ जना र तेस्रो चरणमा ११६ जनाले अनलाइन माध्यमबाट परीक्षा उत्तीर्ण गरी अभिकर्ता इजाजत पत्र परीक्षा उत्तीर्ण गरेका छन्।
प्राधिकरणले वितरण गरेको प्रमाणपत्रमा बीमा ऐन २०७९ को दफा ९२ उपदफा २ को व्यवस्था बमोजिम बीमा मध्यस्थकर्ता (अभिकर्ता)को इजाजत पत्रका लागि प्राधिकरणद्वारा सञ्चालित जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षामा सहभागी भई उत्तीर्णता प्राप्त गरेमा प्रमाणपत्र प्रदान गर्दै जाने प्राधिकरणले जानकारी दिएको छ।

































