National life

 बुधवार रातिबाट डीभी आवेदन खुल्दै, के के चाहिन्छ कागजात ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ असोज २०८१, बुधबार
758Shares
 बुधवार रातिबाट डीभी आवेदन खुल्दै, के के चाहिन्छ कागजात ? 
ncell

काठमाडौँ । सन् २०२६ को अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि आवेदन दर्ता आजदेखि खुला हुने भएको छ ।

काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार, नेपाली समय अनुसार बुधवार राति ९ः४५ बजेबाट डीभीका लागि आवेदन दिन सकिने छ। आगामी कात्तिक २० गते राति १०ः४५ बजेसम्म डिभीको आवेदन दिन पाइने दूतावासले जनाएको छ ।

“हामी डीभी आवेदकहरूलाई सकेसम्म चाँडो आवेदन भर्न प्रोत्साहित गर्द छौँ,” दूतावासले भनेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आवेदकहरूले दर्ता अवधिमा आधिकारिक वेबसाइट गएर डीभी आवेदन फाराम भर्न सक्ने छन् ।

दूतावासले डीभी कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने स्पष्ट पारेको छ। “अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत सल्लाह दिएको छ। आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्न दूतावासले भनेको छ ।

डिभीको लागि फारम अनलाइन भर्नुपर्ने छ। आवेदन दर्ता गर्दा आवेदकको पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई अनिवार्य सूचीकृत गर्नुपर्ने दूतावासले जनाएको छ । उनीहरूलाई समावेश नगरी पेस गरिएको आवेदन अमान्य हुने विज्ञप्तिमा उल्लेख छ।

एक जना व्यक्तिले डीभीका लागि एउटा मात्र आवेदन दिन पाउने छन्। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने छन् । अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिने दूतावासले जनाएको छ । फोटो खिच्दा आवेदकहरूले चस्मा लगाउन नहुने पनि दूतावासले बताएको छ।

डीभी आवेदन भर्दा राहदानी अनिवार्य गरिएको छैन । डीभी आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सुरक्षित राख्न आग्रह गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
758SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?