काठमाडौँ । मंसिर महिनाको पहिलो कारोबारका दिन शेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । अघिल्लो साता करिब ३ प्रतिशत बढेर बन्द भएको नेप्से परिसूचक आज कारोबार साताको पहिलो दिन एकल अंकको बढोत्तरी आएको छ।
मंसिर महिनाका लागि अधिकांश बैंकहरुले ब्याजदर घटाएको र अर्थतन्त्रका सूचक समेत सकारात्मक हुँदै गएको बेला बजारले बुलको यात्रा तय गर्ने केही जानकारहरूको भनाई छ । बजार घट्नुपर्ने कारण नभएको भन्दै लगानीकर्ताले मौद्रिक नीतिको अपेक्षामा रहेको जानकारहरूको धारणा छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९८ अकंले बढेर २७५३.७६ बिन्दुमा कायम भएको छ। आज ३२६ कम्पनीको २ करोड ४४ लाख २६ हजार ९०० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार रुपैयाँको शेयर कारोबार भएको छ। आज ९ कम्पनीको उपसूचकमा हरियाली आएको छ ।
विकास बैंक समूहको ०.६२ प्रतिशत, होटल तथा पर्यटन समूहको २.२१ प्रतिशत, हाइड्रोपावर समूहको ०.८५ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
त्यस्तै उक्त दिन जानकी फाइनान्सको ३५ करोड ४० लाख ९८ हजार रुपैंया र रुपैयाँ, सिंगटी हाइड्रो इनर्जीको ३४ करोड ३७ हजार रुपैयाँ, नेपाल फाइनान्सको २३ करोड १५ लाख ६६ हजार रुपैयाँको कारोबार भएको हो ।


































