National life

बैंकिङ्ग निक्षेपमा एकैदिन ११ अर्ब रुपैयाँको बढोत्तरी, कर्जा लगानी ४ अर्बको वृद्धि 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ मंसिर २०८१, बिहिबार
600Shares
बैंकिङ्ग निक्षेपमा एकैदिन ११ अर्ब रुपैयाँको बढोत्तरी, कर्जा लगानी ४ अर्बको वृद्धि 
ncell

काठमाडौँ । बैंकिङ्ग प्रणालीको निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकिङ्ग प्रणालीको निक्षेप ६६ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ ।

यो कात्तिक ३० गतेसम्मको तथ्यांकलाई हेर्दा बैंकिङ्ग प्रणालीको निक्षेप उल्लेखित रकम बराबर कायम भएको हो । कात्तिक ३० अगाडि उक्त निक्षेप ६६ खर्ब २६ अर्ब रुपैयाँ थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

केन्द्रीय बैंकको तथ्यांकअनुसार उक्त समयमा वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेपमा समेत बृद्धि भएको हो । अघिल्लो दिनको तुलनामा ३० गते यस्तो निक्षेप संकलनमा १३ अर्ब रुपैयाँले बढेको हो। अघिल्लो दिन ५८ खर्ब ९१ अर्ब रहेको निक्षेप २९ गते ५९ खर्ब ४ अर्ब पुगेको छ ।

निक्षेप सँगै वाणिज्य बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेको छ । २९ गते ४६ खर्ब ७७ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ३० गते ४६ खर्ब ८१ अर्ब कर्जा प्रवाह गरेका छन् । सोही समयमा बैंक तथा वित्तीय संस्थाले गर्ने कर्जा लगानी ५ अर्बले बढेको छ। २९ गते ५२ खर्ब ८२अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ३० गते ५२ खर्ब ८७ अर्ब प्रवाह गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
600SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?