National life

बैंकिङ्ग निक्षेपमा एकै दिन ११ अर्बको गिरावट, कहाँ लगानी हुदैछ अर्बौँ रकम ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ चैत २०८१, शुक्रबार
654Shares
बैंकिङ्ग निक्षेपमा एकै दिन ११ अर्बको गिरावट, कहाँ लगानी हुदैछ अर्बौँ रकम ?
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ्ग प्रणालीमा एकै दिन ११ अर्ब रुपैयाँ निक्षेप घटेको छ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार फागुन २५ गते आइतबार बैंक, वित्तीय संस्थामा ६७ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप रहेकोमा २६ गते सोमबार घटेर ६७ खर्ब ४४ अर्ब रुपैयाँ कायम भएको छ ।

पछिल्लो समय संस्थागत निक्षेपकर्ताहरूले परिपक्व भएको निक्षेप झिकेर सेयर बजारमा लगानी गर्नेको सङ्ख्यामा बढोत्तरी आएको छ । बजारमा निक्षेपको ब्याजदर घट्दा सेयर बजार बढ्ने गर्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चैत्र महिनाका लागि ब्याजदरमा सामान्य परिवर्तन भइरहेको छ। यद्यपि, शेयर बजारमा लगानी गर्नेहरू बढेको जानकारहरूको भनाइ छ ।

वाणिज्य बैंकहरूबाट ११ अर्ब रुपैयाँ निक्षेप घट्दा विकास बैंक र वित्त कम्पनीहरूमा भने १० अर्ब रुपैयाँले घटेको छ। बैंक, वित्तीय संस्थाको कर्जा पनि ५४ खर्ब ६२ अर्ब रुपैयाँबाट बढेर ५४ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ ।

वाणिज्य बैंकको कर्जा ४८ खर्ब ४९ अर्ब रुपैयाँबाट बढेर ४८ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ । सोही समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ७२ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।

यो समाचार शेयर गर्नुहोस्
654SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?