National life

बैंकिङ् निक्षेप घटेसँगै कर्जा प्रवाहमा सुधार: आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तता कायमै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ पुस २०८१, सोमबार
658Shares
बैंकिङ् निक्षेप घटेसँगै कर्जा प्रवाहमा सुधार: आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तता कायमै
ncell

काठमाडौं। बैंकिङ् निक्षेप घटेसँगै कर्जा प्रवाहमा सुधार देखिन थालेको छ । नेपाल राष्ट्र बैंकको यही पौष पुष १८ गतेको तथ्यांक अनुसार बैंकिङ् प्रणालीमा ६६ खर्ब ७५ अर्ब निक्षेप संकलन भएको छ।त्यस अघिल्लो दिन बैंकिङ् प्रणालीमा ६६ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो।

उक्त समयसम्ममा वाणिज्य बैंकहरुले ५९ खर्ब ३७ अर्ब रूपैयाँ निक्षेप संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पुष १७ गते  अर्थात् अघिल्लो दिन वाणिज्य बैंकहरुले ५९ खर्ब ४१ अर्ब संकलन गरेका थिए । यस अवधिमा कर्जा प्रवाहमा समेत सुधार देखिएको छ ।

पुष १७ गते ५३ खर्ब ६२ अर्ब कर्जा प्रवाह भएकोमा पुष १८ गते ५३ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। उक्त अवधिमा वाणिज्य बैंकहरूबाट हुने कर्जा प्रवाहमा समेत बढोत्तरी आएको छ । पुष १७ गते ४७ खर्ब ५० अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले १८ गते ४७ खर्ब ५२ अर्ब कर्जा प्रवाह गरेका छन्।

बाह्य अर्थतन्त्र सुदृढ भए पनि आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाहरूमा कर्जामा सामान्य सुधार देखिए पनि सोचेअनुसार कर्जाको परिचालन भने हुन सकेको छैन। जसले गर्दा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ।

यो समाचार शेयर गर्नुहोस्
658SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?