National life

ब्रिटिस कलेज संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्टमा आबद्ध

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ असोज २०८१, मङ्गलबार
1.2kShares
ब्रिटिस कलेज संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्टमा आबद्ध
ncell

काठमाडौं। द ब्रिटिस कलेज (टिबिसी) संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्ट (युएनजिसी)मा आबद्ध भएको छ।

संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरू अगाडि बढाउन अग्रसर ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेज युएनजिसीमा आबद्ध भएको हो।

युएनजिसी विश्वकै सबैभन्दा ठूलो स्वेच्छिक कर्पोरेट सस्टेनेबिलिटी पहल हो। यसले मानव अधिकार, श्रमिकको हकहित, वातावरण, भ्रष्टाचार विरोधी लगायत दस वटा विश्वव्यापी सिद्धान्तहरूसँग सम्बन्धित रहेर काम गर्दै आइरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

१७ हजारभन्दा व्यवसायिक संस्था र ४ हजारभन्दा बढी गैर–व्यवसायिक संस्था सहभागी रहेको विश्वव्यापी नेटवर्कमा ब्रिटिस कलेज पनि समावेश भएको हो। प्रतिष्ठित नेटवर्कमा सामेल भएको ब्रिटिस कलेज पनि दिगो विकासका अभ्यासहरू अगाडि बढाउन उद्दत रहेको छ।

यस आबद्धतासँगै ब्रिटिस कलेजले युएनजिसीका सिद्धान्तहरू आफ्ना शैक्षिक कार्यक्रमहरू, अनुसन्धान, र सामुदायिक कार्यहरूमा समावेश गर्नेछ। त्यसोत, टिबिसीले आफ्नो पाठ्यक्रम तथा परियोजनाहरू जस्तै, 'बिबिए इनोभेट फर इम्प्याक्ट'मार्फत हरित उद्यमशीलता र सामाजिक उद्यम व्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको छ। यस कार्यक्रम पनि युएनजिसीको प्रयाससँग मेल खान्छ।

'हामी युएनजिसी ग्लोबल कम्प्याक्टमा समावेश हुन पाएकोमा उत्साहित छौं,' ब्रिटिस कलेजको हेड अफ सस्टेनेबिलिटी प्रमुख सुनिता बस्नेतले भनिन्, 'यस अबद्धताले हाम्रो दिगोपन प्रतिको प्रतिबद्धतालाई बलियो मात्र बनाउँदैन, यसले विश्वभरका समान सोच भएका संस्थाहरूको साथ सहकार्य गर्नका लागि प्लेटफर्म पनि प्रदान गर्नेछ।'

'साथै, हामी अर्थपूर्ण दीर्घकालिन परिवर्तनको लागि भविष्यमा योगदान पुर्‍याउन सक्छौं,' उनले थपिन्। युएनजिसीसँगको आबद्धतासँगै ब्रिटिस कलेजले विश्वमा दीर्घकालीन प्रभाव पार्ने सामूहिक प्रयासहरूमा योगदान पुर्‍याउने अपेक्षा गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?